हङकङ : भ्रष्टाचारविरोधी आयोगको पुनर्निर्माण परियोजनाहरूमा छापा, २२ जना पक्राउ

हङकङ : भ्रष्टाचारविरोधी आयोगको पुनर्निर्माण परियोजनाहरूमा छापा, २२ जना पक्राउ

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १७:५४, हङकङ

हङकङको भ्रष्टाचारविरुद्ध स्वतन्त्र आयोग (आईसीएसी)ले २० करोड हङकङ डलर बढीका सात भवन पुनर्निर्माण परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा २२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चार परियोजना परामर्श फर्मका निर्देशक र कर्मचारी, तीन जना ठेकदारका साथै आवासीय सम्पत्ति र भवनहरूको तालुकदार कम्पनीका केही अध्यक्ष छन्।

भ्रष्टाचारका गुनासोहरू प्राप्त भएपछि आईसीएसीका अधिकारीहरूले यस हप्ता दुई दिनको अपरेसनमा २२ जनालाई पक्राउ गरेका हुन्।

उनीहरूले परियोजना परामर्श फर्महरू तथा परियोजना ठेकदारका कार्यालयसहित विभिन्न स्थानमा छापा मारेका थिए। २२ जनासँगै अधिकारीहरूले टेन्डरलगायत अन्य कागजात, बैंकिङ तथा लेखा रेकर्डहरू पनि बरामद गरेको आईसीएसीले जनाएको छ।

‘यस अपरेसन चुनवान, शामशुई पो, ताइकक चोई, सानपो कङ, क्वुनतोङ, शेउङ वान र शाउ केई वानका तीनवटा आवासीय सम्पत्ति, तीनवटा आवासीय भवन र एउटा औद्योगिक भवनको नवीकरण परियोजनामा केन्द्रित थियो,’ आईसीएसीले भन्यो, ‘जसको व्यक्तिगत सम्झौता रकम २० लाखदेखि १० करोड हङकङ डलर थियो, जबकि कुल सम्झौता रकम २० करोड हङकङ डलर थियो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .