हङकङको काउलुनमा रहेको एक पसल फोरी सामान चोर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। यहाँस्थित भुइँ तलामा रहेको उक्त पसलबाट गत सोमबार सात लाख हङकङ डलर बराबरको समुद्री खाना चोरी भएको थियो।
पसलको विद्युतीय सटर र ताला फोरेर भित्र पसेका लुटेराले तीन हजार हङकङ डलर नगद समेत चोरेका थिए।
पक्राउ परेका आरोपित ५० देखि ६६ वर्ष उमेरका तीन पुरुष रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट एउटा स्क्रुड्राइभर समेत बरामद भएको थियो।
आरोपितहरूलाई पक्राउ गर्न प्रहरीले सीसीटीभी फुटेजको मद्दत लिएको थियो। जसलाई प्रहरीले उच्च अपराध दर र पैदलयात्री ट्राफिक भएका सार्वजनिक क्षेत्रमा बाक्लो मात्रामा निगरानी क्यामेरा राख्नुको फाइदाका रूपमा व्याख्या गरेको छ।
‘गहन अनुसन्धान र गुप्तचर विश्लेषणपछि, हामीले तीन सन्दिग्ध र उनीहरूको ठेगाना पहिचान गर्यौँ,’ बिहीबार घटनाबारे जानकारी दिने क्रममा काउलुन जिल्ला अपराध टोलीका प्रहरी वरिष्ठ निरीक्षक चाङका चुनले भने।
Shares

प्रतिक्रिया