हङकङमा गत नोभेम्बरमा अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा परी मृत्यु भएकाको संख्यामा १६८ पुगेको छ।
हङकङ प्रहरीले दिएको मृतकको उक्त तथ्यांक पहिलेभन्दा ७ जना बढी हो।
बिहीबार जारी विज्ञप्तिमा प्रहरीले मृतकमा ६ महिनादेखि ९८ वर्षसम्मका मानिस रहेको उल्लेख छ।
मृतकमा ५८ पुरुष र ११० महिला छन्।
हङकङको उत्तरपूर्वी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा गत नोभेम्बर २६ मा भीषण आगलागी भएको थियो। जुन दशकौँपछि हङकङमा भएको सबैभन्दा घातक आगलागी थियो।
सहरका नेता जोन लीले बुधबार दिएको जानकारीअनुसार आगलागी घटनामा अहिलेसम्म ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध आपराधी हत्या, ठगी वा भ्रष्टाचारको आशंका गरिएको छ।
आगो नियन्त्रण गर्न हजारौँ अग्नि नियन्त्रक खटाइएको थियो। त्यस क्रममा एक अग्नि नियन्त्रकको समेत मृत्यु भएको थियो।
90
Shares

प्रतिक्रिया