हङकङको चुनमुनमा गोली लागेका व्यक्तिको मृत्यु

हङकङको चुनमुनमा गोली लागेका व्यक्तिको मृत्यु

नेपालखबर
माघ २, २०८२ शुक्रबार ११:५, काठमाडौँ

हङकङको चुनमुन टाउननजिकै बिहीबार साँझ गोली लागेका व्यक्तिको मृत्यु भएको छ। साँझ ७ बजे चुनमुनको टाउन प्लाजा सपिङ सेन्टर चक्कु बोकेर पुगेका उनलाई प्रहरी दुई राउन्ड गोली प्रहार गरेको थियो।

चक्कु बोकेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले एक महिलालाई बन्धक बनाएका थिए। बटुवालाई बचाउनका लागि सन्दिग्धलाई गोली हान्नुको विकल्प नरहेको प्रहरीले बताएको छ।

गोली प्रहारपछि घाइतेलाई चुनमुन अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको छ।

चुनवुई रोडको चुनमुन टाउन हल नजिकै भएको उक्त घटनामा मारिने व्यक्ति ३४ वर्षीय हङकङ आईडी कार्ड भएका व्यक्ति भएको बुझिएको छ।

मृतकको परिवारबाट प्राप्त जानकारीअनुसार ती व्यक्तिमा मानसिक समस्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। यद्यपि यसबारे थप अनुसन्धान भइरहेको छ।

सन्दिग्ध व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको आशंका समेत गरिएको छ। उनको झोलामा लागुऔषधको प्याकेट फेला परेको र आपराधिक रेकर्ड समेत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .