हङकङको अग्रणी संस्था थिंक ट्याङ्कले गरेको एक सर्वेक्षणले सहरका ४ मध्ये १ विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगबिना गृहकार्य पूरा गर्न नसक्ने तथ्य बाहिर ल्याएको छ।
सर्वेक्षणअनुसार ९५ प्रतिशत विद्यार्थीले प्रविधि प्रयोग गर्छन्, यसमा चारमध्ये एक जनाले योबिना गृहकार्य पूरा गर्न सक्दैनन्।
थिंक ट्याङ्कले गत वर्ष जुलाईदेखि डिसेम्बरसम्म एक हजार दुई सय प्राथमिक र माध्यमिक शिक्षक तथा विद्यार्थीको सर्वेक्षण गरेको थियो।
जसमा ९१ प्रतिशत शिक्षक र ९५ प्रतिशत विद्यार्थीले शिक्षण सिकाइ क्रियाकलापमा एआई उपकरणको प्रयोग गर्ने गरेको पाइएको छ।
जसमध्ये धेरैजसो पो, डिपसिक र डुबाओ जस्ता अन्तर्राष्ट्रिय रूपमा खुला स्रोत एपहरूमा भर पर्छन् भने ३ प्रतिशत शिक्षक र ७ प्रतिशत विद्यार्थीले भने आफ्नै शिक्षण संस्थाले विकास गरेका एप प्रयोग गर्छन्।
यो सर्वेक्षणले देखाएको खतराको घण्टी हो– सर्वेक्षण गरिएका झन्डै २३ प्रतिशत विद्यार्थीले एआईबिना गृहकार्य पूरा गर्न नसक्नु। यसले उनीहरूको समस्या समाधान र विश्लेषणात्मक सोच जोखिममा पर्ने देखिएको छ। यस्तै, १६ प्रतिशतले उपकरणहरूमा व्यक्तिगत डेटा इनपुट गरेको पाइएको छ।
सर्वेक्षणको नतिजा बाहिरिएसँगै हाम्रो हङकङ फाउन्डेसनले सबै शैक्षिकस्तरका विद्यार्थीलाई समेट्नको लागि थप एआई पाठ्यक्रम तयार गरिनुपर्ने बताएको छ।
Shares

प्रतिक्रिया