हङकङ : आवासीय भवनमा आगलागी, १ जनाको मृत्यु

हङकङ : आवासीय भवनमा आगलागी, १ जनाको मृत्यु

क्वाइचुङ हाउजिङ इस्टेटमा भएको आगलागीमा एक वृद्ध मृत भेटिएका छन् (ह्यान्डआउट)


नेपालखबर
पुस ३०, २०८२ बुधबार १४:१३, हङकङ

हङकङको क्वाइचुङमा रहेको सार्वजनिक आवासीय भवनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब पौने १ बजे चो यिउ चुन इस्टेटको काइहिम लाउ ब्लकमा आगलागी हुँदा ७८ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेका छन्।

आगलागी लगत्तै अग्निनियन्त्रकहरू पुगी आगो नियन्त्रणमा लिए पनि वृद्ध भने मृत फेला परेका थिए।

प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार लामखुट्टे भगाउने धुपबाट अन्य वस्तु आगो सल्किएको देखिएको छ। यद्यपि, आगलागी ठोस कारणबारे प्रहरी र अग्नि सेवा विभागको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार, भवनबाट धुँवा निस्किरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो, जबकि वृद्ध व्यक्ति केही दिनदेखि देखिएका थिएनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .