हङकङको काउलुनमा रहेको एक भवनमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। काउलुनस्थित ४३ पाकताइ स्ट्रिटमा रहेको आवासीय भवनको पहिलो तल्लामा विस्फोट भएको हो।
विस्फोटबाट एक व्यक्ति भुइँमा खसेको र उनलाई याउमा तेइस्थित क्विन एलिजाबेथ अस्पताल लगिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
विस्फोट सोमबार साँझ ६:४० बजे भएको हो।
४३ पाकताइ स्ट्रिटमा रहेको उक्त सात तले भवन सन् १९६० मा निर्माण भएको हो। यसका प्रत्येक तलामा तीन वटा फ्ल्याट छन्।
345
Shares

प्रतिक्रिया