नयाँ वर्षको पहिलो घण्टामा हङकङमा जन्मिए ६ बच्चा, ठ्याक्कै १२ बजे पहिलो शिशुको जन्म

नयाँ वर्षको पहिलो घण्टामा हङकङमा जन्मिए ६ बच्चा, ठ्याक्कै १२ बजे पहिलो शिशुको जन्म

हङकङले २०२६ को पहिलो बच्चालाई बिहान १२ बजे स्वागत गरेको थियो


नेपालखबर
पुस १७, २०८२ बिहिबार १६:८, हङकङ

सन् २०२६ को पहिलो घण्टामा हङकङले ६ शिशुलाई स्वागत गरेको छ। नयाँ वर्षको पहिलो घण्टामा सहरका सार्वजनिक र निजी अस्पतालमा तीन छोरा र तीन छोरी जन्मिएका हुन्।

२०२६ को सुरु हुनासाथ अर्थात् बिहान १२ बजे पहिलो बच्चा जन्मिएका थिए। उनको जन्म सीयूएचके मेडिकल सेन्टरमा भएको हो। यो सेन्टर चाइनिज युनिभर्सिटी अफ हङकङको स्वामित्वमा रहेको निजी शिक्षण अस्पताल हो।

नयाँ वर्षको पहिलो बच्चाको रूपमा छोराको जन्म भएको थियो। उनी आफ्ना आमाबाबुको पहिलो बच्चा हुन्।

बालककी आमालाई उद्बृत गर्दै स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार खासमा उनको डेलिभरी मिति जनवरी ३ तोकिएको थियो। तर, उनले जनवरी १ मै त्यसमा पनि नयाँ वर्ष सुरु हुनासाथ छोरालाई जन्म दिइन्।

यो अद्भुत क्षण आफूलाई अझैसम्म पनि पत्यार नलागेको उनले प्रतिक्रिया दिएकी छन्। अब आफू पूर्णकालीन रूपमा छोराको हेरचाहमा लाग्ने उनले सुनाइन्।

‘मध्यरातमा जब घडीले १२ बजायो छोराले धर्तीमा पाइला राख्यो,’ हो उपनाम भएकी उनले भनिन्, ‘म रोएँ। किनकि त्यो मेरो जीवनकै आनन्ददायी क्षण थियो।’

गर्भवती भएदेखि उसलाई धर्तीमा स्वागत गरुन्जेलसम्म आफूले यो क्षणको कल्पना पनि नगरेको भनेको भनाइ छ। हो थप्छिन्, ‘किनकि डक्टरले दिएको डेलिभरी डेट ३ जनवरीका लागि थियो।’

होका पति पनि यो क्षणलाई अद्भुत भन्छन्। ‘किनकि डाक्टरले जनवरी ३ का लागि सिजरिङको सल्लाह दिएका थिए,’ उनलाई अद्भुत लाग्नुबारे थप स्पष्ट पार्दै उनी भन्छन्, ‘श्रीमतीलाई प्रसव व्यथा लागेपछि सिजेरियन डेलिभरीबाट प्राकृतिक डेलिभरीमा स्विच गरियो।’

हो दम्पतीलाई अझ रोचक लागेको चाहिँ यो छ कि २०२६ को पहिलो प्रहरको छनोट उनकै नवजात छोराले गरेका हुन्। ‘श्रीमतीले १० घण्टाभन्दा बढी समयसम्म प्रसव पीडा भोगेपछि २०२६ को सुरुहुनेबित्तिकै छोराको जन्म भयो।’

यसैगरी, अन्य अस्पतालहरूमा पनि नयाँ वर्षको पहिलो घण्टाभित्र अन्य पाँच नवजात शिशुको जन्म भएको छ।

जसअन्तर्गत युनाइटेड क्रिश्चियन अस्पतालमा बिहान १२.०२ बजे छोरी शिशु जन्म भएको छ। क्वाङ वाह अस्पतालमा १२.०६ मा छोरा र १२.३० बजे छोरी शिशुको जन्म भयो।

त्यस्तै, पामेला युड नेदरसोल पूर्वी अस्पतालमा बिहान १२.०८ बजे छोरी र चुनमुन अस्पतालमा बिहान १२.१५ छोरा शिशुको जन्म भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .