प्रहरीले मोङ कोक पूर्वी एमटीआर स्टेशनका कर्मचारीले भुइँमा ढलेका ६ जना कामदार फेला परेको बताएको बताएको छ।
हङकङको मङकक पूर्वी एमटीआर स्टेसनमा सोमबार ६ जना बेहोस भएका छन्। स्टेसनमा कार्बन मोनोअक्साइड चुहावटका कारण कामदार बेहोस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीलाई उद्धृत गर्दै समाचारमा लेखिएअनुसार स्टेसनका एक कर्मचारीले दिउँसो करिब पौने ३ बजे कामदार बेहोस भएको रिपोर्ट गरेका थिए। उनीहरू चेन्जिङ रुममा बेहोस अवस्थामा भेटिएका थिए।
६ जनामध्ये २ जना पछि होसमा आएका थिए भने ४ जनालाई सुरुमा याउमा तेईस्थित क्वाङ वाह अस्पताल लगिएको थियो। पछि चाइवानमा रहेको पामेला युड नेदरसोल इस्टर्न हस्पिटल सारियो।
एमटीआर निगमले घाइते कामदारहरू ठेकेदार भएको बताएको छ। उनीहरू घटना भएको बेला स्टेसनको कर्मचारी चेन्जिङ रुमको छत मर्मत गरिरहेका थिए। जहाँ इन्धनबाट चल्ने जेनेरेटर प्रयोग भइरहेको थियो। प्रहरीका अनुसार कार्बन मोनोअक्साइड जेनेरेटरबाट भएको चुहावट भएको हो।
Shares

प्रतिक्रिया