यस वर्ष क्रिसमस बिदा मनाउन हङकङका पर्यटकको रोजाइ मोडिएको छ। यसअघि पर्यटकको बढी लोकप्रिय गन्तव्यको रोजाइमा पर्दै आएको जापानलाई यसपटक दक्षिण कोरियाले उछिनेको छ।
त्यस्तै, मुख्यभूमि चिनियाँ सहरतर्फ पनि हङकङका पर्यटकको रोजाइ बढेको छ। यो तथ्य एक व्यापारिक निकायले सार्वजनिक गरेको हो। विदेश भ्रमणका लागि हङकङेलीको रोजाइ किन फेरियो त?
जापान यात्राको लोकप्रियतामा गिरावाट आउनु कारण खोतल्दै ट्राभल इन्डस्ट्रि काउन्सिलका कार्यकारी निर्देशक फ्यानी यङ भन्छिन्, ‘मुख्य कारण जापानमा एक/दुई महिनाको बीचमा घटेका घटना हुन्, जसमा भालुको आक्रमणदेखि भूकम्पसम्म समावेश छ।’
यस वर्षको क्रिसमसमा झन्डै १५ सय आउटबाउन्ड टुर हङकङबाट प्रस्थान गर्ने अनुमान काउन्सिलको छ। जुन गतवर्षकै जति हो।
यो संख्याको अधिकांशले चिनियाँ सहरलाई गन्तव्य बनाउने काउन्सिलको भविष्यवाणी छ। त्यसमा पनि उच्च-गतिको रेलमा यात्रा गरेर।
‘चीन जाने ६० प्रतिशत टुर समूह उच्च-गति रेलमार्फत प्रस्थान गर्नेछन्, प्रायः तीनदेखि चार दिनको यात्राको लागि,’ निर्देशक फ्यानी भन्छिन्, ‘हाम्रो अनुमानमा सबैभन्दा लोकप्रिय टुर तीनदेखि चार दिनको हाइ-स्पिड रेल टुर हुन्। जुन, गुइलिन, चाओसान र झाओकिङ जस्ता ठाउँमा हुने छन्।’ (एससीएमपी)
Shares

प्रतिक्रिया