हङकङ महावाणिज्यदूतावासले भन्यो- हुन्डी कारोबार नगर्नू, गरे कारबाही

हङकङ महावाणिज्यदूतावासले भन्यो- हुन्डी कारोबार नगर्नू, गरे कारबाही

नेपालखबर
पुस ७, २०८२ सोमबार १५:३२, हङकङ

हङकङस्थित नेपाली महावाणिज्यदूतावासले हङकङबाट नेपाल र नेपालबाट हङकङ पैसा पठाउँदा हुन्डीमार्फत नगर्न र गरेमा कारबाही हुने चेतावनी दिएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्दै यस्तो कारोबार गरेको भेटिएमा कारबाही प्रक्रिया अघि बढाउने बताएको हो।

सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत हुन्डी कारोबारलाई निरुत्साहन गर्ने प्रतिबद्धता जनाएको हुँदा यसको कार्यान्वयनका लागि कडा रूपमा प्रस्तुत हुने विज्ञप्तिमा उल्लेख छ।

‘हङकङ र मकाउमा रहनुहुने नेपाली नागरिक वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा बैंक लगायतका वैध माध्यमको मात्र प्रयोग गर्नु/गराउनुहुन अनुरोध गरिन्छ,’ महावाणिज्यदूतावासले सूचनामा भनेको छ, ‘कसैले हुन्डी गरेको पाइएमा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन महावाणिज्यदूतावास बाध्य हुनेछ।’

यस्तो कारोबारले देशको अर्थतन्त्रमै नकारात्मक असर पार्ने बताउँदै कोही कसैसँग हुन्डी कारोबारको सूचना भएमा दूतावासमा खबर गर्न र खबर गर्नेको परचिय गोप्य राखिने महावाणिज्यदूतावासले भनेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .