हङकङ आगलागी: वाङफुक कोर्टका अध्यक्ष र पूर्वप्रमुख पक्राउ

हङकङ आगलागी: वाङफुक कोर्टका अध्यक्ष र पूर्वप्रमुख पक्राउ

वाङफुक कोर्ट आगलागीमा १६० जनाको ज्यान गएको थियो (एससीएमपी)


नेपालखबर
पुस ३, २०८२ बिहिबार १७:४०, हङकङ

हङकङमा २६ नोभेम्बर दिउँसो भएको घातक आगलागीको अनुसन्धानका क्रममा वाङफुक कोर्ट मालिक समूहका अध्यक्ष र पूर्वप्रमुख पक्राउ परेका छन्।

भ्रष्टाचार विरुद्ध स्वतन्त्र आयोग (आईसीएसी) ले आगलागीमा परेका भवनको मर्मत सम्भार कार्यको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मालिक समूहले छनोट गरेका ठेकेदारले भवनको मर्मत सम्भारमा कमसल सुरक्षात्मक जाली र फोम बोर्ड प्रयोग गरेको पाइएपछि मालिक समूहका अध्यक्ष र पूर्वप्रमुख पनि छानबिनमा तानिएका हुन्।

२६ नोभेम्बरको उक्त भीषण आगलागीमा ताइपो जिल्लाको वाङफुक कोर्टस्थित मर्मत सम्भार भइरहेका आठ भवन मध्ये सातमा जलेका थिए। उक्त त्रासदी घटनामा १६० जनाको मृत्यु भयो भने झन्डै ५ हजार मानिस विस्थापित छन्।

पक्राउ परेका अध्यक्ष र पूर्वप्रमुखले मिडियालाई प्रतिक्रिया दिन भने अस्वीकार गरेका थिए। समाचारमा पोस्ट लेख्छ, ‘दुई जना नर्थ पोइन्टमा रहेको आईसीएसीको मुख्यालयबाट बाहिर निस्किरहेका थिए तर मिडियालाई प्रतिक्रिया दिन भने अस्वीकार गरे।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .