हङकङमा औद्योगिक दुर्घटनाको अर्को शृङ्‌खला, स्काफोल्डिङबाट खसेर कामदार बेहोस

हङकङमा औद्योगिक दुर्घटनाको अर्को शृङ्‌खला, स्काफोल्डिङबाट खसेर कामदार बेहोस

मङककको एक निर्माण क्षेत्र (एससीएमपी)


नेपालखबर
पुस २, २०८२ बुधबार १३:४३, हङकङ

हङकङमा स्काफोल्डिङबाट खसेर एक कामदार बेहोस भएका छन्। ताइपोको वुनयिउ रोडमा रहेको एक घरमा मर्मत कार्य चलिरहँदा उनी लडेका हुन्।

टाउकोमा चोट लागेका कामदारलाई बेहोस अवस्थामा उद्धार गरी प्रिन्स अफ वेल्स अस्पताल पठाइएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

मंगलबारको उक्त घटनाका घाइते ६५ वर्षीय पुरुष हुन्। उनी लगभग दुई तला अग्लो स्काफोल्डिङबाट खसेका थिए।

हङकङमा औद्योगिक दुर्घटना चिन्ताको विषय बन्दै गएको छ। गएको महिना पनि यस्तै प्रकृतिको घटना घटेको थियो। त्यतिबेला युनलङको एक घरमा स्काफोल्डिङ भत्काउने क्रममा पर्खाल भत्किँदा कामदारलाई किचेको थियो।

त्यस्तै, गएकै महिना (२६ नोभेम्बर) ताइपोमै भीषण आगलागी हुँदा १६० जनाले ज्यान गुमाउनुपर्‍यो।

प्रारम्भिक अनुसन्धानले ताइपो आगलागीको मुख्य कारण स्काफोल्डिङलाई छोप्न प्रयोग गरिएको जालीको अति प्रज्ज्वलनशील तत्त्वलाई देखाएको छ, जसले आगो द्रुत गतिमा फैलन सघायो।

स्काफोल्डिङमा दुर्घटना बढ्दै गएपछि यसका लागि प्रयोग गरिने बाँसलाई धातुमा परिणात गर्दा फाइदा/बेफाइदा के हुने भनेर पनि बहस चलिरहेको छ।

एकथरीले धातुमा जानु उपयुक्त भनिरहेका छन् भने अर्काथरीले सदियौँदेखि बाँसको व्यवसाय गरिरहेको वर्गको रोजिरोटी खोसिने भन्दै तर्क गरेका छन्। यिनै तर्कका बीच रोजिरोटी नखोसिने र सुरक्षित रुपान्तरण पनि हुने मार्ग के हुन सक्छ भन्ने बहसले पनि अहिले स्थान पाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .