हङकङमा निकट भविष्यमै यात्रु बोक्ने ड्रोन, उडान हेलिकप्टरको भन्दा निकै सस्तो हुने

हङकङमा निकट भविष्यमै यात्रु बोक्ने ड्रोन, उडान हेलिकप्टरको भन्दा निकै सस्तो हुने

चिनियाँ यात्रुवाहक ड्रोन निर्माता एहाङको पाइलटविहीन यात्रु बोक्ने हवाई सवारी साधन (तस्बिर : सिन्ह्वा)


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:७, हङकङ

हङकङमा आगामी दुई/तीन वर्षभित्र यात्रु बोक्ने ठूला ड्रोन सञ्चालन हुने भएका छन्। जुन हेलिकप्टरको सेवा भन्दा धेरै सस्तो हुनेछ।

नागरिक उड्डयनका उपमहानिर्देशक डोमिनिक चाउले शनिबार बेइजिङमा भएको सम्मेलनमा रोडम्याप प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। बेल्ट एन्ड रोड इनिसिएटिभअर्न्तगत हङकङ र मकाउले कसरी फाइदा उठाउन सक्छन् भन्ने विषयकेन्द्रित छलफलमा उपमहानिर्देशक चाउले उक्त रोडम्याप प्रस्तुत गरेका हुन्।

चाउका अनुसार, यस्ता विमान (ड्रोन)को दायरा लगभग २५० किलोमिटर (१५५ माइल) हो तर आउने पुस्ताले यसलाई हजार किलोमिटर पुर्‍याउन सक्ने विश्वास उनको छ, जसले ‘ग्रेटर बे एरियाभन्दा बाहिर’ उडान अनुमति दिन्छ।

हाल हङकङमा निजी स्वामित्वमा सञ्चालित हेलिकप्टरले प्रायः भिक्टोरिया हार्बर, हङकङ आइल्यान्ड, जियोपार्क र अन्य अनुकूल मार्ग वरिपरि उडान सेवा दिइरहेका छन्। यी सेवाको मूल्य प्रतियात्रु दुई हजार तीन सय हङकङ डलरदेखि प्रतिचार्टर १७ हजार हङकङ डलरसम्म छ।

यहाँ चर्चा गरिएको ड्रोन सेवाले भने यी हेलिकप्टरको तुलनामा निकै सस्तो सेवा दिन सक्ने रोडम्यापमा उल्लेख गरिएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .