हङकङ हुँदै यात्रा गर्ने नेपालीले ट्रान्जिट भिसा लिनुपर्ने प्रावधान हट्यो

हङकङ हुँदै यात्रा गर्ने नेपालीले ट्रान्जिट भिसा लिनुपर्ने प्रावधान हट्यो

भोलिदेखि हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपालीले ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १२:१६, हङकङ

हङकङ ट्रान्जिट भएर यात्रा गर्ने नेपाली राहदानी बाहकलाई अबदेखि ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ।

१५ नोभेम्बर (भोलि)देखि लागु हुनेगरी हङकङ सरकारले उक्त निर्णय गरेको हो। यो सँगै अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाने तथा अन्य मुलुकबाट नेपाल आउने नेपाली राहदानी बाहकले ट्रान्जिट भिसा लिनु पर्ने झन्झटबाट मुक्ति पाउने छन्।

यस सम्बन्धमा नेपाली महावाणिज्यदूतावास, हङकङले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘महावाणिज्यदूतावासको निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण हङकङ सरकारले यही नोभेम्बर १५ देखि लागु हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको छ।’

२००५ को जुनदेखि हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहकले ट्रान्जिट भिसा लिनुपर्ने नियम लागु गरिएको थियो। महावाणिज्यदूतावासको पहल कदमीमा  यो कठिनाइको भोलिदेखि अन्त्य हुने भएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .