थाइल्यान्डको बैंककबाट हङकङ आएको उडानमा क्रेडिट कार्ड चोरी गर्ने एक जना पक्राउ परेका छन्।
मंगलबार दुई यात्रुले क्रेडिट कार्ड हराएको रिपोर्ट गरेपछि हङकङ प्रहरीले चिनियाँ यात्रुलाई पक्राउ गरेको हो। चोरीको आरोप लागेका उनलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको छ।
यात्रुहरूले ओभरहेड डिब्बाबाट सामान हराएको रिपोर्ट गरेका थिए।
सेप्टेम्बरमा पनि मलेसिया र स्विटजरल्यान्टबाट हङकङको उडानमा यात्रुहरूको सामान चोरेको आरोपमा दुई चिनियाँ पुरुष पक्राउ परेका थिए।
त्यतिबेला उनीहरूलाई ४० हजार हङकङ डलर मूल्य बराबरको सम्पत्ति चोरेको आरोप लागेको थियो।
स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार सन् २०२४ को पहिलो १० महिनामा हङकङ भित्रिने उडानमा क्याबिन चोरीका १६९ घटना रेकर्ड भएका थिए। जसमा ४३ लाख बढी हङकङ डलर बराबरको सम्पत्ति समावेश थियो।
24
Shares

प्रतिक्रिया