हङकङतर्फ नजिकियो गम्भीर आँधी फङवङ, टी१ संकेत जारी

हङकङतर्फ नजिकियो गम्भीर आँधी फङवङ, टी१ संकेत जारी

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ११:३३, हङकङ

हङकङमा टाइफुन संकेत नम्बर १ जारी भएको छ। गम्भीर आँधी फङवङ सहरतर्फ नजिकिँदै गर्दा सोमबार दिउँसो अब्जर्भेटरीले टी१ चेतावनी संकेत जारी गरेको हो।

आँधी मंगलबार राति र बुधबारको बीचमा झन् नजिक आइपुग्ने अनुमान गरिएको छ। जसले गर्दा मंगलबार उच्च चेतावनी संकेत जारी हुनसक्ने अब्जर्भेटरीले जनाएको छ।

आँधी सहरबाट आठ सय किलोमिटरको दूरीभित्र प्रवेश गरिसकेको र अब यो दक्षिण चीन सागरको उत्तरपूर्वी भागतर्फ मोडिने पूर्वानुमान गरिएको छ। बुधबारसम्ममा सबैभन्दा नजिक चार सय किलोमिटरको दूरीमा आइपुग्नेछ।

आज राति तटीय क्षेत्रहरूमा बाढीको सम्भावना समेत रहेको अब्जर्भेटरीले भनेको छ। त्यस्तै, मंगलबार र बुधबार वर्षासँगै बाढी आउन सक्छ।

यसपछि भने फुङवङ ताइवानको वरपर सर्नेछ। र, उत्तरपूर्वी मनसुनको प्रभाव बिस्तारै कमजोर हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .