हङकङ : रनवेमा कुदिसकेको विमानमा देखियो यस्तो समस्या, ४ घण्टासम्म विमानभित्रै थुनिए १८५ यात्रु

हङकङ : रनवेमा कुदिसकेको विमानमा देखियो यस्तो समस्या, ४ घण्टासम्म विमानभित्रै थुनिए १८५ यात्रु

तेल चुहावटपछि स्टारलक्स एयरलाइन्सको उडान रनवेमा रोकिएको थियो (सटरस्टक)


नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १६:४१, हङकङ

हङकङबाट ताइपेईका लागि प्रस्थान तय गरेको स्टारलक्स एयरलाइन्सको उडानमा अन्तिम समयमा समस्या पहिचान हुँदा ठूलो जोखिम टरेको छ।

शनिबार साँझ ८ बजे आसपास १८५ यात्रु बोकेर ताइपेई उड्न लागेको जेएक्स२३६ मा तेल चुहावटको समस्या देखिएपछि धावनमार्गमै रोकिएको थियो। जसका कारण यात्रुहरू चार घण्टाभन्दा बढी समयसम्म विमानभित्रै थुनिएका थिए।

विमानस्थल प्राधिकरणले आइतबार बताएअनुसार उक्त यान्त्रिक समस्याका कारण विमान ट्याक्सीवेमा रोकिएको थियो र फेरि पार्किङ स्ट्यान्डमा लैजानु परेको थियो।

समस्या देखिएको विमानका कारण ट्याक्सीवेको अवरोधले अर्को एक विमानको प्रस्थानमा समेत असर परेको प्राधिकरणलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ। उक्त विमानको उडानमा केही ढिलाइ हुन पुगेको थियो।

समस्याग्रस्त विमानमा हाइड्रोलिक तेल चुहावट भएको आशंका गरिएको छ। घटनास्थलमा अग्नि नियन्त्रक र एम्बुलेन्सहरू तैनाथ गरिएको थियो।

घटनाको समय विमानमा १३ जना चालक दलका सदस्य र १८५ जना यात्रु रहेको विमानस्थल प्राधिकरणले बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .