नेपाली महावाणिज्यदूतावास, हङकङले ११ असोज (२७ सेप्टेम्बर) शनिबार मकाउमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्ने भएको छ।
घुम्ती टोलीमार्फत प्रदान गरिने सेवामा नयाँ राहदानी जारी तथा नवीकरण सेवा उपलब्ध हुनेछ। यो सेवा लिनका लागि सेवाग्राहीले ६ असोज (१९ सेप्टेम्बर) भित्र आवेदन बुझाउनु पर्नेछ।
महावाणिज्यदूतावासको सूचनामा उल्लेख भएअनुसार सेवाग्राहीले आवेदन फारमका साथ नागरिकता, राहदानी र भिसा कागजातहरू तोकिएको इमेल ठेगानामा पठाउनुपर्नेछ।
यसपछि महावाणिज्यदूतावासले योग्य आवेदनकर्ताको अपोइन्टमेन्ट सूची घुम्ती सेवा हुनुभन्दा एक हप्ता अगाडि प्रकाशन गर्नेछ।
27
Shares

प्रतिक्रिया