हङकङको काउलुनमा एक आवासीय भवनको छतमा सुतिरहेका पाकिस्तानी युवाको खसेर मृत्यु भएको छ।
मंगलबार बिहान करिब साढे ५ बजे पोसिङ कोर्टको तेस्रो तलाको प्लेटफर्ममा ती व्यक्ति बेहोस अवस्थामा फेला परेका थिए। याउमा तेईस्थित क्वाङ वाह अस्पताल लगिएका उनलाई मृत घोषित गरिएको थियो।
स्रोतलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार ती व्यक्ति बिहान २ बजे त्यहाँ बस्ने आफन्तलाई भेट्न पुगेका थिए तर फ्ल्याटको ढोका नखुलेपछि छतमा उक्ले र त्यहीँ निदाए।
बिहान करिब ४ बजे उनी निदाएकै अवस्थामा छतबाट खसेको सीसीटीभीले कैद गरेको छ। घटनास्थल र शवको निरीक्षणपछि त्यहाँ कुनै आत्महत्या नोट र यससम्बन्धी शंकास्पद गतिविधि नभेटिएको प्रहरीले जनाएको छ।
120
Shares

प्रतिक्रिया