हङकङका सवारी चालकलाई अर्को वर्षको जनवरीदेखि आफ्नो सवारी साधनको ड्यासबोर्डमा दुईभन्दा बढी फोन राख्न प्रतिबन्ध लगाइने भएको छ।
सडक सुरक्षालाई ध्यानमा राखी सरकारले उक्त नियम ल्याउन लागेको यातायात प्रमुख मेबल चानले जनाएकी हुन्।
यातायात तथा रसद सचिव चानले शनिबार आफ्नो ब्लगमा लेख्दै सुरक्षा सुधार, क्याबी मापदण्ड बढाउने र विवाद कम गर्ने उद्देश्यस्वरुप उक्त नियम ल्याउन लागिएको बताइन्।
चानका अनुसार नयाँ नियमको यो प्रस्ताव अर्को महिना हुने विधायी संशोधनमा पेस हुनेछ। यहाँबाट पास भएको नियम अर्को वर्ष जनवरी २५ बाट लागू गर्ने तयारी सरकारको छ। जुन सबै किसिमका सवारी चालकमा लागू हुनेछ।
सहरका ४० हजार क्याबी चालकमध्ये केहीले अनलाइन अर्डर लिँदा र गाडी चलाउँदा असंख्य स्मार्टफोन र उपकरणहरू ट्र्याक गर्ने बानीका कारण सडक सुरक्षाको चिन्ता बढेको गुनसो बढ्दै गएको सन्दर्भमा यस्तो नियम आउन लागेको हो।
हालको सडक ट्राफिक अध्यादेशले गाडी चलाउने क्रममा फोनमा कुरा गर्ने चालकलाई मात्र सजायको व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया