हङकङले २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा ८ वटै आँधीको सामना गरेको छ। जुन, ८० वर्ष पहिले सन् १९४६ मा रेकर्ड सुरु भएदेखि यो समयावधिको सबैभन्दा अधिक संख्याको रेकर्ड भएको अब्जर्भेटरीले जनाएको छ।
यसअघि १९७१ र १९८० मा यस अवधि (पहिलो आठ महिना)मा ७ वटा आँधी रेकर्ड गरिएको थियो।
पछिल्लो पटकको आँधीका कारण यतिबेला हङकङमा टी१ संकेत जारी छ। जुन आज साँझ कम्तीमा ६ बजेसम्म रहने अब्जर्भेटरीले भनेको छ।
सहरमा बिहीबार साँझ ७:१० बजे नम्बर १ संकेत जारी भएको थियो। आँधीको प्रभाव यतिखेर हङकङमा परिरहेको छ। हावाहुरी चलेका कारण बाहिरी वातावरण केही असहज छ।
९ दिनको मौसम पूर्वानुमानमा आज मेघगर्जनसहित वर्षाको सम्भावना देखाएको छ। त्यस्तै, तापक्रम २६ देखि ३१ डिग्री सेल्सियस रहनेछ।
72
Shares

प्रतिक्रिया