हङकङमा आज राति टी१ संकेत जारी हुने

हङकङमा आज राति टी१ संकेत जारी हुने

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १४:५४, काठमाडौँ

हङकङ अब्जर्भेटरीले शुक्रबार राति नम्बर १ आँधीको संकेत (टी१) जारी गरिने बताएको छ। उष्णकटिबन्धीय चक्रवात सहरको नजिक आइपुग्ने पूर्वानुमानसहित अब्जर्भेटरीले यस्तो तयार गरेको हो।

आँधी शुक्रबार राति हङकङको ८०० किलोमिटरको दूरीमा आइपुग्ने अब्जर्भेटरीको अनुमान छ। त्यतिन्जेलसुम नम्बर १ आँधीको चेतावनी संकेत जारी गरिने अब्जर्भेटरीले जनाएको हो।

दक्षिण चीन सागरको मध्य र उत्तरी भागमा सर्दै गरेको आँधी सप्ताहन्तमा अझ तीव्र हुँदै सहरबाट ५०० किलोमिटरको दूरी कायम राख्ने पनि मौसमविद्को अनुमान छ।

शनिबार बिहान आँधीबेहरीसहितको वर्षा हुनेछ। आइतबार पनि हावाहुरी चल्ने अब्जर्भेटरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .