हङकङ नेपाली महासंघले नयाँ नेतृत्व पाएको छ। आज (१७ अगस्ट) दिउँसो भएको १२औँ महाधिवेशनले नयाँ नेतृत्व चुनेको हो।
काउलुनस्थित हेनरी जि ल्योङ, याउमा तेई कम्युनिटी सेन्टरमा भएको महाधिवेशनले नवीन सुहाङ लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
पाँचथरको हिलिहाङ गाउँपालिकाका सुहाङले यसअघि महासंघमा महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
यसैगरी, महाधिवेशनले उपाध्यक्षमा नारद राई, महासचिवमा भवेन्द्र थाम्सुहाङ लिम्बू, सचिवमा बासु गुरुङ, कोषाध्यक्षमा लीलबहादुर थापा र सहकोषाध्यक्षमा सुजन गुरुङलाई चयन गरेको छ।
महासंघमा ५ जना पदाधिकारी रहने व्यवस्था छ। यस पटक भने ६ जना रहने गरी चुनिएको हो।
महासंघमा ३३ वटा संघसंस्था आबद्ध छन्। यी संस्था पदेन सदस्य रहन्छन्।
174
Shares

प्रतिक्रिया