हङकङमा आइतबार राति टाइफुन नम्बर ३ जारी हुने सम्भावना देखिएको छ।
आँधीको सम्भावनालाई मध्यनजर गर्दै शनिबार राति साढे १० बजे सहरमा टाइफुन नम्बर १ संकेत जारी गरिएको थियो जुन अद्यापि कायमै छ।
सुरुमा आइतबार बिहान ९ बजेसम्मका लागि जारी गरिएको यो संकेत बढाएर राति ८ बजेसम्मको लागि पुर्याइएको हो।
यसपछि भने परिस्थिति हेरेर ३ नम्बरमा अपग्रेड गर्न सकिने अब्जर्भेटरीले औँल्याएको हो। यद्यपि, ठूलो आँधिबेहरीसहित खतरनाक अवस्था आउन सक्ने मौसमविदको अनुमान छ।
आइतबार बिहानदेखि नै हङकङका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ। हावाको प्रभाव लान्ताउ आइल्यान्ड अझ धेरै छ।
हाइकिङका लागि निस्केका लान्ताउवासी नवीनकुमार लिम्बू अत्यधिक हावाहुरीका कारण तुङचुङ गङपिङ ट्रेलको हेलिप्याड नै फर्केको बताउँछन्। दिउँसो हाइकिङका लागि निस्केका उनी असुरक्षित महसुस गरी आफू पनि फर्केका थिए।
यहाँ मंगलबारसम्म भारी वर्षा हुनसक्ने मौसमविद्हरूको अनुमान छ।
Shares

प्रतिक्रिया