हङकङमा बढे चिकनगुनियाका बिरामी, रोग फैलने त्रास

हङकङमा बढे चिकनगुनियाका बिरामी, रोग फैलने त्रास

लेईतुङ स्टेटमा लामखुट्टे नियन्त्रणका उपाय अवलम्बन गरिँदै (कर्मा लो/एससीएमपी)


नेपालखबर
साउन २२, २०८२ बिहिबार १७:५, हङकङ

हङकङमा चिकनगुनिया ज्वरोका थप तीन केस भेटिएपछि यो निरन्तर बढ्दै जाने विज्ञले चेतावनी दिएका छन्।

हङकङ मेडिकल एसोसिएसनको सरुवा रोगसम्बन्धी सल्लाहकार समितिका सहअध्यक्ष डा. जोसेफ चाङले धेरै दिनको भारी वर्षाले पनि यसलाई फैलाउन मद्दत पुग्ने बताए।

बिहीबार एक रेडियो कार्यक्रममा बोल्दै चाङले यो रोकथामको प्रमुख उपाय भनेको बासिन्दा नै सचेत हुनुपर्ने बताए। उच्च जोखिम भएका क्षेत्रमा भ्रमण नगर्न उनको सुझाव छ। 

धेरै हङकङवासी चिकनगुनियाको संक्रमण फैलिएको चीनको ग्वान्दोङ प्रान्तमा रहेको र संक्रमितहरू उपचारको लागि हङकङ फर्किएमा यसले झन् जोखिम बढाउने चाङको धारणा छ।

चिकनगुनिया ज्वरो लामखुट्टेको टोकाइबाट फैलिन्छ। संक्रमितहरूलाई सामान्यतया ज्वरो र जोर्नी दुखाइ हुन्छ जुन महिनौँ वा वर्षौँसम्म पनि रहन सक्छ। अन्य सम्भावित लक्षणमा मांसपेशी दुखाइ, वाकवाकी र दाग देखिनु रहेका छन्।

हङकङमा पहिलो चिकनगुनिया संक्रमण केस गएको शनिबार पुष्टि भएको थियो। प्रकोपकै रूप लिएको ग्वान्दोङ प्रान्तमा दुई हप्ता बिताएर फर्केका १२ वर्षीय किशोरमा उक्त संक्रमण पुष्टि भएको थियो।

हङकङमा यो रोग ६ वर्षपछि देखिएको हो। यसअघि सन् २०१९ मा देखिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .