केही दिन हाइकिङ नगर्न हङकङवासीलाई विज्ञको सुझाव, यस्तो छ कारण

केही दिन हाइकिङ नगर्न हङकङवासीलाई विज्ञको सुझाव, यस्तो छ कारण

केही दिनअघि गएको पहिरोले क्षतिग्रस्त ब्राइड्स पुल रोड, अहिले यहाँ एक लेन मात्र सञ्चालति छ (एससीएमपी)


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १८:४, हङकङ

हङकङका अधिकारीले आगामी केही दिन पदयात्रा नगर्न र खोला तथा ठूला रूखहरूबाट टाढा रहन हङकङवासीलाई आग्रह गरेका छन्।

हालै भएको साताव्यापी झरी तथा कालो वर्षाका कारण पहाडी भूभागको माटो अस्थिर रहेको र जुनसुकै बेला बाढी पहिरोको जोखिम रहेको विज्ञहरूले चेतावनी दिएसँगै अधिकारीहरूले सहरवासीलाई यसतर्फ सचेत गराएका हुन्।

हङकङमा मङ्‌गलबार ११ घण्टा बढी समयसम्म लामो कालो वर्षा रेकर्ड गरिएको थियो।

यो वर्षाका कारण माटोको अस्थिरता हद भविष्यवाणी गर्न गाह्रो हुने र पहिरो हिमपहिरोजत्तिकै अचानक र शक्तिशाली हुनसक्ने चेतावनी विज्ञहरूले दिएका हुन्।

हङकङले पछिल्लो समय आठ दिनमा चार पटक कालो वर्षाको चेतावनी जारी गरेको थियो, जुन एक वर्षमा सबैभन्दा धेरै पटक उच्चतम स्तरको चेतावनी रेकर्ड भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

मंगलबार, अब्जर्भेटरीले ३५८.८ मिमी वर्षा रेकर्ड गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .