हङकङमा ८० वर्षीय वृद्धले चलाएको ट्याक्सीले ठक्कर दिँदा एक पर्यटकको मृत्यु भएको छ।
मंगलबार दिउँसो चुनवानमा रहेको निना होटलको ट्याक्सी र्याङ्कमा ट्याक्सीले ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
स्रोतका अनुसार ती पीडित व्यक्ति फिलिपिन्सका पर्यटक हुन्।
दुर्घटनापछि उनलाई बेहोस अवस्थामा प्रिन्सेस मार्गरेट अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
वृद्ध चालकले ट्याक्सी ठोकाउनुअघि आफूलाई चक्कर लागेको बताएका छन्। हात र टाउकोमा चोट लागेका उनलाई उपचारको लागि यानचाइ अस्पताल पठाइएको थियो।
पछि खतरनाक ड्राइभिङका कारण पीडितको मृत्यु भएको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
90
Shares

प्रतिक्रिया