मंगलबार परेको कालो वर्षाका कारण हङकङका धेरै क्षेत्रमा बढी आएको छ। कतिपय सडक खोलामा परिणात भए भने कति सार्वजनिक स्थल डुबानमा परे।
यस्तै एक सार्वजनिक स्थल क्विन मेरी अस्पताल पनि डुबानमा पर्यो। पोक फु लामस्थित यस अस्पतालको भुईँ तलामा रहेको दुर्घटना तथा इमरजेन्सी विभागमा बाढी पस्दा सेवा नै अवरुद्ध हुन पुग्यो।
हङकङको अस्पताल प्राधिकरणका अनुसार आसपासका सडकबाट बगेर आएको पानी अस्पतालभित्र छिर्दा सेवा अवरुद्ध हुन पुगेको हो।

पानी छिरेपछि विभागका बिरामीलाई अस्थायी रूपमा वानचाइथित रुट्टोन्जी अस्पताल सारिएको थियो।
दिउँसो पानी पर्न कम भएसँगै अस्पतालको सेवा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ।
अनलाइनमा प्रसारसित भिडिओहरूमा अस्पतालको मुख्य ब्लक बाहिरको क्षेत्र बाढीमा डुबेको देख्न सकिन्छ।
हङकङमा ५ दिनदेखि निरन्तर पानी परिरहेको छ। ङ्गलबार वर्षाको मात्रा बढ्दा अब्जर्भेटरीले कालो वर्षा चेतावनी संकेत नै जारी गर्नुपरेको थियो।

आज हङकङमा वर्षासँगै हावाहुरी पनि चलेको छ। लगातारको वर्षाले खोलानाला बढेका छन्। प्रकृतिप्रेमीहरूका हाइकिङ रुट अवरुद्ध भएका छन्।
Shares

प्रतिक्रिया