हङकङमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ। मङ्गलबार वर्षाको मात्रा बढ्दा अब्जर्भेटरीले ६ घण्टामा दोस्रो पटक कालो वर्षा (ब्ल्याक रेन)को संकेत जारी गरेको छ।
वर्षासँगै विभिन्न क्षेत्रमा बाढी आएको छ भने सहरका अधिकांश स्थान जलमग्न भएका छन्। हावाहुरीका कारण उडानहरू प्रभावित भएका छन्।
मध्यान्ह स्थानीय सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार अहिलेसम्म १०१ उडान ढिलाइ भएका छन्, दुई रद्द गरिएका छन् भने दुई अन्य विमानस्थलमा डाइभर्ट गरिएका छन्।
अब्जर्भेटरीका अनुसार, उच्चतम स्तरको वर्षा चेतावनी कम्तीमा मंगलबार दिउँसो ३ बजेसम्म लागु रहनेछ।
हेर्नुहोस् यो भिडिओ–
135
Shares

प्रतिक्रिया