रास्वपाले गर्‍यो हङकङमा संगठन विस्तार, संयोजक तोकिए झम गुरुङ

रास्वपाले गर्‍यो हङकङमा संगठन विस्तार, संयोजक तोकिए झम गुरुङ

आइतबार जोर्डनमा रास्वपा समर्थकको भेलाका सहभागी


नेपालखबर
साउन १९, २०८२ सोमबार १२:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।

सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।

यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो (आइतबार) हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।

जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहारविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो।

शिवचन्द्र लिम्बू सहजकर्ता रहेको कार्यक्रममा अधिकांश वक्ताले रास्वपा रोज्नुपर्ने अवस्था, वर्तमान राजनीतिक परिस्थिति, रवि लामिछानेविरुद्ध भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहार, पुराना पार्टीप्रति बढेको वितृष्णा, हाल आबद्ध पार्टी परित्याग गर्नुपर्नाका कारण लगायतका विषयमा बोलेको भेलाका एक सहभागीले जानकारी दिए।

हङकङ संयोजक झमबहादुर गुरुङले अब विकल्प रास्वपा भएकोले सबैलाई जोडिन आग्रह गर्दै कार्यक्रमको बिट मारेका थिए। बोल्ने क्रममा उनले आफू विगतमा एमालेमा रहेको र त्यहाँबाट परिवर्तन सम्भव नदेखेपछि रास्वपामा आएको सुनाए। साथै, सबैलाई मिसन ८४ मा सक्रियताका साथ लाग्न उनको आग्रह थियो।

संयोजक गुरुङले चाँडै नै ११ देखि २१ जनासम्मको कार्यसमिति गठन गर्ने पनि सहभागीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .