गैरस्थानीय बालबालिकाले शिक्षा सुविधा पाउन हङकङमा २ वर्ष अनिवार्य बस्नुपर्ने

गैरस्थानीय बालबालिकाले शिक्षा सुविधा पाउन हङकङमा २ वर्ष अनिवार्य बस्नुपर्ने

हङकङको चिनियाँ विश्वविद्यालय (एससीएमपी)


नेपालखबर
साउन १५, २०८२ बिहिबार १४:५३, हङकङ

गैरस्थानीय बालबालिकाले हङकङका शिक्षण संस्थाबाट पाउने सुविधा लिनका लागि अब अनिवार्य दुई वर्ष हङकङमै बस्नुपर्ने भएको छ।

२०२८-२९ शैक्षिक वर्षदेखि सार्वजनिक रूपमा वित्त पोषित तृतीयक शिक्षा संस्थाहरूमा आवासीय विद्यार्थी लाभको लागि योग्य हुन कम्तीमा दुई वर्ष हङकङमा बस्नैपर्ने भएको हो। दुरुपयोग रोक्ने प्रयासस्वरुप यस्तो नियम ल्याउन लागिएको अधिकारीहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अधिकारीहरूले बिहीबार बताएअनुसार यो नीतिमा संक्रमण अवधि समावेश हुनेछ। जसअन्तर्गत २०२७-२८ को आवेदनका लागि बसोबास अवधि एक वर्ष लागु हुनेछ भने २०२८-२९ को लागि बढाएर दुई वर्ष पुर्‍याइनेछ।

यो नीतिले अनुदानित उप-डिग्री, स्नातक र स्नातकोत्तर कार्यक्रमहरूलाई पनि समेट्नेछ।

‘सरकारी अनुदान प्राप्त माध्यमिक तहको विद्यार्थीका लागि अनुदानको योग्यता मापदण्ड स्पष्ट गर्न र सार्वजनिक कोषको उचित प्रयोग सुनिश्चित गर्न, शिक्षा ब्युरोले आश्रित बालबालिका योग्य हुन दुई वर्ष हङकङमा बस्नु आवश्यक छ,’ प्रवक्तालाई उद्धृत गर्दै पोस्टमा उल्लेख छ।

त्यस्तै, पूर्ण-समय रोजगार भिसा/कार्य अनुमतिपत्र वा विभिन्न भर्ना योजनाको लागि भिसा/प्रवेश अनुमतिपत्र वाहकहरू पनि अब सरकारी अनुदान प्राप्त माध्यमिक तहको विद्यार्थी भर्नाका लागि योग्य हुने छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .