हङकङमा मध्यपूर्व तनावको असर : हवाई क्षेत्र बन्द हुँदा सयौँ यात्रु अलपत्र

हङकङमा मध्यपूर्व तनावको असर : हवाई क्षेत्र बन्द हुँदा सयौँ यात्रु अलपत्र

तस्बिर : एससीएमपी


नेपालखबर
असार १०, २०८२ मंगलबार १७:४७, काठमाडौँ

मध्यपूर्वमा तनाव बढ्दै जाँदा कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुँदा कतार एयरवेजले दोहा जाने उडान रद्द गर्‍यो। जसको असर मंगलबार बिहान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखापर्‍यो। द स्ट्यान्डर्डले उल्लेख गरेअनुसार यहाँ झन्डै २ सय यात्रु अलपत्र परेका थिए।

सुरुमा, बिहान १:२५ बजे हङकङबाट उडान भर्ने तय भएको कतार एयरवेजको उडान क्यूआर८१५ अचानक रद्द गरियो जसका कारण यात्रुहरूलाई स्पष्ट अपडेटविना घण्टौँसम्म पर्खनु परेको गुनासो गरेका थिए।

इरानले सोमबार इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेपछि यो उडान रद्द गरिएको थियो। यसैको परिणामस्वरुप धेरै खाडी राष्ट्रले आफ्नो हवाई क्षेत्र बन्द गर्न बाध्य भएका थिए।

उडान रद्द त भयो तर एयरलाइन्सका कर्मचारीले यात्रुलाई यसको जानकारी बिहान ४ बजे दिएका थिए। जतिबेला सामान फिर्ता लैजान सल्लाह दिइएको थियो।

यसका साथै, यात्रुहरूले आफ्नो टिकट रद्द गर्न सक्ने तर क्षतिपूर्ति भने नपाउने भनिएको थियो। यसले यात्रुमा निराशा फैलियो। कतिपय यात्रु यस्तो व्यवस्थाप्रति बोर्डिङ गेटमा रिस समेत पोखे।

सलेम नामका एक अमेरिकी यात्रीले भने कि उनी अघिल्लो रात साढे १० बजेदेखि पर्खिरहेका थिए र अर्को उडानमा पुन: बुक गर्न चाहन्थे।

बिहान ५:१० बजे भने कतारले आफ्नो हवाई क्षेत्र खोल्ने घोषणा गरेको थियो। त्यसपछि कतार एयरवेजले पनि उडान सञ्चालन सुरु गर्ने घोषणा गर्‍यो।

मंगलबारका लागि हङकङबाट दोहा वा दुबईका लागि ६ वटा उडान तय गरिएको थियो। हवाई क्षेत्र पुन: खोल्ने घोषणासँगै क्याथे प्यासिफिकले दुबईको लागि साँझ ५:३० बजे उडान सञ्चालन गरेको थियो।

एयरलाइन्सले क्षेत्रीय परिस्थितिको मूल्याङ्कन गर्दै इजरायली, इरानी र इराकी हवाई क्षेत्रबाट बच्न उडान मार्गहरू समायोजन गरेको बताएको छ।

मध्यपूर्वको उडान प्रभावित भएसँगै सम्बन्धित ग्राहकहरूको जिज्ञासाको सामना स्थानीय ट्राभल एजेन्सीहरूले पनि गर्नुपरेको थियो। यी एजेन्सीले जनाएअनुसार, सोधपुछ गर्नेमा मध्यपूर्वी भ्रमणका लागि बुक गरिएका वा यस क्षेत्र हुँदै ट्रान्जिट गर्नेहरू ग्राहकहरू बढी थिए।।

डब्लूडब्लूपीकेजीका कार्यकारी निर्देशक युन चुनका अनुसार करिब १० समूहले सम्भावित अवरोधका बारेमा सोधपुछ गरेका थिए। उनीहरूमध्ये केही यस सप्ताहन्तमा मध्यपूर्व प्रस्थान गर्ने तयारीमा छन्।

‘जसमा फुर्सदको सदुपयोग गर्दै दुबई यात्रा गर्न चाहने केही पाहुना छन् जो अब जान चाहँदैनन् र समाधानको लागि सोधिरहेका छन्,’ चुनले भने। उनका अनुसार जुलाई वा अगस्टमा यात्रा गर्ने योजना बनाइरहेकाहरूले पनि चिन्ता व्यक्त गरिरहेका छन्।

चुनको अनुमानमा यदि तनाव जारी रह्यो भने मध्यपूर्व भ्रमण बुकिङ २० देखि ३० प्रतिशतले घट्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .