दुर्घटनापछि हङकङ विमानस्थलमा चालकविहीन बस सेवा बन्द

दुर्घटनापछि हङकङ विमानस्थलमा चालकविहीन बस सेवा बन्द

आपसमा ठोकिएका दुई चालकविहीन बस (ह्यान्डआउट)


नेपालखबर
असार ९, २०८२ सोमबार १२:५८, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा चालकविहीन दुई सवारीसाधन ठोकिएपछि यी बसको सञ्चालन निलम्बन गरिएको छ।

विमानस्थल प्राधिकरणका अनुसार, आइतबार दिउँसो ४:२० मा चालकविहीन दुई बस प्रतिबन्धित क्षेत्रभित्रको टी जक्सनमा ठोकिएका थिए। कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने यी बसभित्र दुर्घटनाको समयमा यात्रु भने थिएनन्।

अनलाइनमा साझा गरिएका तस्बिरहरूले टर्मिनल १ नजिकै दुर्घटना भएको देखाउँछन्। विमानस्थल प्राधिकरणका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। जसका लागि सबै चालकविहीन बसलाई अस्थायी रूपमा सेवाबाट निलम्बन गरिएको हो।

द स्ट्यान्डर्डका अनुसार यो विमानस्थललाई चालकविहीन सवारी साधन लागू गर्ने विश्वको पहिलो र एक मात्र विमानस्थलको रूपमा मान्यता दिइएको छ। यो प्रविधि सामान र कार्गो ढुवानी, सुरक्षा गस्ती, र कर्मचारीहरू ओसारपसार जस्ता विविध कार्यहरूको लागि प्रयोग गरिन्छ।

हाल सेवामा ४७ चालकविहीन ट्रयाक्टर, ८ चालकविहीन गस्ती सवारी साधन र ६ चालकविहीन सटल बस समावेश छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .