हङकङका दुई सार्वजनिक आवासीय क्षेत्रको खानेपानी आपूर्तिमा प्रतिबन्धित पदार्थ भेटिएको छ। परीक्षणले पाइपहरूमा प्रयोग गर्न निषेध गरिएको बिटुमेनलाई रेजिनसँग मिसाइएको भेटिएको हो।
दुई सार्वजनिक आवास फ्यानलिङको क्विन्स हिल स्टेट र सानलाइ कोर्टका बासिन्दाले गतहप्ता शुक्रबार पिउने पानीमा कालो कण मिसिएर आएको रिपोर्ट गरेका थिए।
बासिन्दाको रिपोर्टपछि गरिएको परीक्षणले उक्त कालो कण बिटुमेन भएको पाइएको हो।
पानी आपूर्ति निर्देशक रोजर वोङले भने खानेपानी आपूर्तिका पाइपमा बिटुमेन प्रयोग नगरिएको बताए। लामो समयदेखि नै यो पदार्थ भित्री कोटिङ सामग्रीका रूपमा प्रयोग नगरिएको उनले बताए।
अहिले देखिएका कण पहिलेको बाँकी हुन सक्ने अधिकारीहरूले बताएका छन्। तर, यस सम्बन्धी थप विवरण भने दिइएको छैन।
खानेपानीमा कालो कणहरू देखिएपछि प्रभावित क्षेत्रका बासिन्दाले बोतलबन्द पानी किन्न थालेका छन्। यद्यपि, निर्देशक वोङले भने बिटुमेन पानीमा अघुलनशील हुने र मानिसका लागि हानिकारक नभएको बताए।
Shares

प्रतिक्रिया