बेइजिङका हङकङ मामिला प्रमुख बाओलङ हङकङ आउँदै

‘राष्ट्रिय सुरक्षा कानुन’को वार्षिकोत्सवमा भाग लिने
बेइजिङका हङकङ मामिला प्रमुख बाओलङ हङकङ आउँदै

पछिल्लो हङकङ भ्रमणका क्रममा सिया बाओलोङ (बीचमा) सहरका प्रमुख कार्यकारी जोन लीसँग (एचकेएमएओ)


नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:२०, हङकङ

हङकङ र मकाउ मामिला हेर्ने बेइजिङका प्रमुख अधिकारी सिया बाओलङले यसै महिनाको अन्त्यमा हङकङ भ्रमण गर्ने भएका छन्।

हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएको पाँचौँ वार्षिकोत्सव मनाउने क्रममा बाओलङले सहरको भ्रमण गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार हङकङ र मकाउ मामिला हेर्ने प्रमुख अधिकारीले न्याय विभागद्वारा जुन २१ मा आयोजना हुने राष्ट्रिय सुरक्षा कानुनी मञ्चमा भाग लिनेछन्।

‘अधिकारीहरूले सियाको यात्रा कार्यक्रममा काम गरिरहेका छन्। भ्रमणको अर्को उद्देश्य उत्तरी महानगरको प्रगति निरीक्षण गर्नु पनि हो,’ एक आन्तरिक स्रोतले भन्यो, ‘मुख्यभूमि चीन र हङकङको सिमानामा पर्ने ३० हजार हेक्टर जमिनलाई आर्थिक शक्तिगृह र आवास केन्द्रमा परिणत गर्ने महाविकासलाई अगाडि बढाउनु हो।’

सियाको भ्रमण बेइजिङले हङकङमा आफ्नो सम्पर्क कार्यालयको नयाँ निर्देशकको रूपमा झोउ जीलाई नियुक्त गरेको तीन हप्तापछि हुनेछ। झोउले झेङ यान्सियोङलाई प्रतिस्थापन गरेका हुन्।

विश्लेषकहरूले यो फेरबदललाई चुनौतीपूर्ण भूराजनीतिक वातावरणको बीचमा आर्थिक विकासमा ध्यान केन्द्रितको संकेतका रूपमा लिएका छन्।

सन् २०१९ मा महिनौँसम्मको सरकारविरोधी विरोध प्रदर्शनपछि २०२० मा बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो। यसैको पाँचौँ  वार्षिकोत्सवमा सियाले बोल्ने बुझिएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .