हङकङको लान्ताउ टापुमा रहेको गङपिङ ३६० केबलकारले टिकट शुल्क बढाएको छ। आकर्षणमा सवारीको मूल्य ११ प्रतिशतले बढ्ने भएको छ, किनकि अपरेटरले दुई वर्षमा पहिलो पटक मूल्य बढाएको छ।
अर्को मंगलबारदेखि लागू हुनेगरी कम्पनीले दुईदेखि ११ प्रतिशतसम्म शुल्क बढाएको हो।
जसअन्तर्गत सबैभन्दा धेरै बालबालिकाका लागि तोकिएको राउन्ड ट्रिपमा शुल्क बढेको छ।
कम्पनीले सोमबार घोषणा गरेअनुसार, मानक क्याबिनमा बालबालिकाका लागि राउन्ड-ट्रिप शुल्क १३५ हङकङ डलरबाट बढाएर १५० पुर्याइएको हो जुन ११.११ प्रतिशत वृद्धि हो।
त्यस्तै, राउन्ड-ट्रिपकै लागि वयस्क टिकट हङकङ २७० बाट बढेर २९५ पुगेको छ। यो ९.२६ प्रतिशत वृद्धि हो।
क्रिस्टल क्याबिनमध्ये एकको शुल्क पनि बढ्ने भएको छ। जसअन्तर्गत, वयस्क टिकटको मूल्य ३५० हङकङ डलरबाट बढेर ३६५ पुगेको छ। यसमा बालबालिकाका लागि २२० हङकङ डलर तिर्नुपर्नेछ। यो हाल २१५ हङकङ डलर छ। यो वृद्धि क्रमश: ४.२९ र २.३३ प्रतिशत हो।
टिकट शुल्क बढ्नुमा बढ्दो सञ्चालन खर्च र मर्मतसम्भारको लागत रहेको कम्पनीले बताएको छ। ‘बढ्दो सञ्चालन र मर्मतसम्भार लागतका कारण मूल्य समायोजन गर्न बाध्य भएका छौँ,’ कम्पनीका प्रवक्ताले भने।
कम्पनीले अन्तिम पटक नोभेम्बर २०२३ मा टिकटको मूल्य बढाएको थियो।
समायोजित मूल्य १० जुनदेखि लागू हुनेछ। यद्यपि, बासिन्दाहरूले परिचयपत्र वा जन्म प्रमाणपत्र प्रस्तुत गरेर ३१ अगस्टसम्म साविक दरमै टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया