हङकङको सिने क्षेत्रले यतिखेर चर्को मार खेपिरहेको छ। कोभिड-१९ महामारीपछि क्रमश: ओराले लागेको यस उद्योग निरन्तर ओरालो लाग्दैछ। जसको पुष्टि हो– लगालग फिल्म हल बन्द हुनु।
पछिल्लो पटक ५६ वर्षको इतिहास रचेको ग्रान्ड ओसन सिनेमाले यो निरन्तरतालाई टेवा दिने भएको छ, सिनेमा चेन सञ्चालक गोल्डेन हार्वेस्टले स्थल बन्द हुने घोषणा गरेसँगै।
गत वर्ष अप्रिलदेखि हार्वेस्टका बन्द स्थलमध्ये यो चौथो थिएटर बनेको छ। चेनका अझै अन्य पाँच स्थानमा थिएटर सञ्चालित छन्।
चिमसा चोईमा रहेको ५६ वर्ष पुरानो ग्रान्ड ओसनले २ जुनमा भाडा सम्झौता समाप्त भएपछि आफ्नो पर्दा सधैँका लागि बन्द गर्नेछ।
सिनेमा चेन सञ्चालक हार्वेस्टले बुधबार स्थल बन्द हुने घोषणा गरेको हो।
‘भाडा सम्झौताको म्याद सकिएपछि, ग्रान्ड ओसनले २ जुन २०२५ बाट आधिकारिक रूपमा सञ्चालन बन्द गर्नेछ जसबाट यो प्रिय सिनेमाको अन्त्य हुनेछ... हामी तपाईँसँग अन्य गोल्डेन हार्वेस्ट सिनेमा घरहरूमा फेरि भेट्न उत्सुक छौँ!’ चेनले सामाजिक सञ्जालमा लेखेको छ।
सिनेघरको अन्तिम दिन भने ग्रान्ड ओसनमा विशेष शो हुने भएको छ। गोल्डेन हार्वेस्टले कम्पनीले यहाँ १ जुनमा ‘ब्लाइन्ड-बक्स’ मुभी नाइट आयोजना गर्ने बताएको छ। जहाँ क्लासिक सिनेम्याटिक प्रस्तुति रहनेछन्।
यो अन्तिम दिनको टिकट दर ४० देखि ६५ हङकङ डलरसम्म रहने र यसै मूल्यमा खाना पनि समावेश हुनेछ।
Shares

प्रतिक्रिया