हङकङमा नेपाली स्रष्टाहरू सम्मानित

हङकङमा नेपाली स्रष्टाहरू सम्मानित

बज्रकुमार थुलुङ राई
जेठ ८, २०८२ बिहिबार १२:४६, हङकङ

द नेप्लिज एसोसिएसन हङकङले हङकङेली नेपाली साहित्यकारहरूलाई सम्मान गरेको छ।

साहित्यिक कृति प्रकाशन गरिसकेका करिब डेढ दर्जन साहित्यकारलाई सामूहिक रूपमा सम्मान गरिएको हो।

सम्मानित हुने सर्जकहरूमा टंक सम्बाहाम्फे, नरजित राई, चन्द्र मादेन ‘आन्छन’, दाजु गुरुङ, दीपा एवाई राई, टोपबहादुर याक्खा, राजकुमार राई, डम्बरकृष्ण श्रेष्ठ, बज्रकुमार राई, जानु काम्बाङ लिम्बू, सुनिता गिरी, पूर्णिमा शाह, डोम राना, रमण गुरुङ, जुनू दिव्य राना, विशु सम र बालिका बान्तावा रहेका छन्।

वाल डिजिटल स्क्रिनमा प्रत्येक सर्जकको फोटो र कृति पनि देखाएर आकर्षक बनाइएको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई ताम्रापत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सर्जकहरूले लेखेका पुस्तक प्रदर्शनी पनि गरिएको सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, हङकङ शाखाकी अध्यक्ष मञ्जु थापाको हातबाट गायिका सरला तामाङ, पवित्रा राई र रोसा लिम्बूलाई कदरपत्र प्रदान गरिएको थियो।

यसैगरी, नेपाली जनसम्पर्क समितिका सल्लाहकार मिन गुरुङ र ज्याप स्टुडियोका सञ्चालक विक्रम गुरुङलाई ससम्मान मायाको चिनो प्रदान गरिएको थियो।

आयोजक संस्थाका प्रमुख प्रदीप थापाले अध्यक्षता गरेको उक्त कार्यक्रममा नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ प्रमुख अतिथि र याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङको विशेष आतिथ्य रहेको थियो।

त्यस्तै, महासंघका सल्लाहकार हेम लिम्बू, नेपाल पोस्ट (ओभर्सिज)का प्रमुख कुलप्रसाद गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार कृष्णराज लावती, लेखक कमल पौडेललगायतका व्यक्तित्त्व पनि अतिथि गणको आसनमा थिए।

नेपाली महासंघका उपाध्यक्ष नवीन सुहाङले सञ्चालन गरेको कार्यक्रम निकै सानदार देखिन्थ्यो। कार्यक्रमको सफलताले आफूलाई हौसला मिलेको आयोजक संस्थाका अध्यक्ष प्रदीप थापाले नेपालखबरसँग प्रतिक्रिया दिए। आगामी वर्षहरूमा पनि साहित्यकार तथा विशिष्ट व्यक्तित्त्वहरूसँगको परामर्श अघि बढ्ने उनले बताए।

कार्यक्रम गरिनुको उद्देश्य र यस किसिमका कार्यक्रमको औचित्य एवं सान्दर्भिकताबारे लेखक कमल पौडेलले प्रकाश पारेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .