हङकङको ओसन पार्क टावरमा खराबी आउँदा आगन्तुक २ घण्टा अलपत्र

हङकङको ओसन पार्क टावरमा खराबी आउँदा आगन्तुक २ घण्टा अलपत्र

सिग्नल फेल हुँदा १७ जना टावरमा अलपत्र परेका थिए (ओसन पार्क)


नेपालखबर
जेठ ११, २०८२ आइतबार १६:१६, हङकङ

हङकङको ओसन पार्कको हवाई दृश्य टावरमा खराबी हुँदा १७ जना आगन्तुक झन्डै दुई घण्टासम्म अलपत्र परेका छन्।

पार्कले आइतबार बताएअनुसार टावरमा अघिल्लो दिन राति ८.०९ बजे सिग्नल फेल भएको थियो, जसले गर्दा यसको स्वचालित सुरक्षा प्रणालीमा समस्या आयो र सवारी रोकियो।

‘सवारीको सुरक्षा र सञ्चालन प्रोटोकल अनुसार, सवारीका सञ्चालकले टावरको केन्द्रमा रहेको सुरक्षा मार्ग हुँदै सवारीबाट बाहिर निस्कन १७ जना यात्रुको नेतृत्व गरे। जसअन्तर्गत उनीहरू राति ९.५६ बजे सुरक्षित रूपमा जमिनमा फर्किन सफल भएका थिए,’ पार्कले भन्यो।

घटनापछि पार्कले अर्को सूचना नभएसम्मका लागि टावर सञ्चालनमा नरहने जनाएको छ।

पार्कको मरीन वर्ल्डमा अवस्थित ७२ मिटर अग्लो यो टावर समुद्र सतहबाट २०० मिटरको उचाइमा छ। जसबाट दक्षिण चीन सागर, एबरडीन र बाहिरी टापुहरूको ३६० डिग्री दृश्य अवलोकन गर्न सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .