मकाउमा ‘सगरमाथा दिवस’ हुने

मकाउमा ‘सगरमाथा दिवस’ हुने

नेपालखबर
जेठ ५, २०८२ सोमबार १७:२, मकाउ

मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम १ जुनमा हुने भएको हो।

कार्यक्रममा नेपाली संस्कृति झल्कने सांगीतिक प्रस्तुति रहनेछन्।

कवि गोपाल योञ्जनको राष्ट्रिय गीत ‘पश्चिम कोही पूर्व घर’ मा नैनाकला गुरुङ, पार्वती राई, एमबहादुर वाइबा (बाबु) र त्रिपक श्रीष मगरको सामूहिक नृत्य रहनेछ। त्यस्तै, विशाल लामा, संगीता खनाल, सम्झना तमखु श्रेष्ठ, सन्जु नगरकोटी, जानुका, जीवना र सेनामले पनि नृत्य प्रस्तुत गर्ने छन्।

यसैगरी, पेम्बा ग्याबु शेर्पा, विश्राम गुरुङ, कुशल गुरुङ र केशव राईले गायनमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन्।

द पिनाकल ब्यान्ड

कार्यक्रममा ‘द पिनाकल ब्यान्ड’ले पनि विशेष प्रस्तुति दिनेछ। सम्पूर्ण कलाकारको प्रस्तुति स्वयंसेवी रूपमा रहने आयोजकले जनाएको छ।

मकाउका नेपालीले ‘सगरमाथा दिवस’ मनाउन लागेको यो तेस्रो पटक हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .