हङकङको चेङक्वान ओको मुख्य सडकमा पानीको भूमिगत पाइप फुट्दा यायायात प्रभावित भएको छ। जसका कारण बसका १० वटा रुट डाइभर्ट गरिएका छन् भने फ्लसिङ पानीको आपूर्ति बन्द गरिएको छ।
यातायात विभागका अनुसार वानपो रोडबाट काउलुन जाने सबै लेन बन्द गरिएकाले रुट नै डाइभर्ट गर्नुपरेको हो।
विभागले बस चालकहरूलाई वानओ रोड र क्रस-बे लिङ्क लगायतका मार्गहरू प्रयोग गर्न समेत सल्लाह दिएको छ। लोहास पार्क, चुङ क्वान ओ औद्योगिक क्षेत्र, शेककक रोड र पाकसिङ कक रोडबाट चुङ क्वान ओ वा काउलुन जाने रुट बढी प्रभावित भएका छन्।
फ्रान्चाइज्ड बस फर्म केएमबीले पनि आफ्ना ९ रुट डाइभर्ट गरेको जनाएको छ। जसमा ४९, २९०ई, २९०एक्स, २९८, २९८ई, २९८एफ, २९८एक्स, ६९०एस, र एन२९० हुन्। उसले ओस्कर बाइ द सिको स्टप अस्थायी रूपमा निलम्बन गरिएको र पुङलोई रोडमा स्टप थपिएको जनाएको छ।
दुबै दिशामा सिटीबस रुट ७९० पनि डाइभर्ट गरिएको छ।
यसका साथै, फुटेको पानीको पाइपलाई मर्मत गर्ने कार्य भइरहेको हुँदा फ्लसिङ पानीको आपूर्ति रोकिएको छ। जसका कारण हजारौँ घरपरिवार तथा व्यवसाय प्रभावित भएका छन्।
Shares

प्रतिक्रिया