हङकङमा अर्को सिनेमा हल पनि बन्द!

हङकङमा अर्को सिनेमा हल पनि बन्द!

सन् १९८७ मा सुरु भएको ग्रान्ड कोर्नहिल सिनेमा हङकङमा एमएक्सफोरडी भित्र्याउने पहिलो सिनेमा घर हो (ह्यान्डआउट)


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १५:३८, हङकङ

हङकङको ग्रान्ड कोर्नहिल सिनेमा हल सहरमा बन्द हुने पछिल्लो चलचित्र थिएटर बनेको छ। एमसीएल चेनको हिस्साका रूपमा सञ्चालित यो सिनेमा घर २८ मेमा बन्द हुने भएको हो।

क्वार्री बेको कोर्नहिल प्लाजा साउथमा अवस्थित ३७ वर्ष पुरानो यो सिनेमा हल महिनाको अन्त्यमा बन्द हुने घोषणा गरिएसँगै चलचित्र थिएटर बन्दको बढ्दो सूचीमा सामेल हुने भएको छ।

मे २८ मा भाडा सम्झौता समाप्तिसँगै हल पनि बन्द हुने घोषणा चेनले बिहीबार गरेको हो।

घोषणामा चेनले भनेको छ, ‘वर्षौँदेखि तपाईँहरूको निरन्तर सहयोगको लागि धन्यवाद। हामी अन्य एमसीएल सिनेमाहरूमा भेट्ने नै छौँ।’

चेनले यसअघि डिसेम्बर र अगस्टमा क्रमशः डायमन्ड हिलको हलिउड प्लाजा र एपलेई चाउको साउथ होराइजन्स रहेको दुई आउटलेट पनि बन्द गरेको थियो।

गएको शनिबार हङकङ थिएटर एसोसिएसनले आयोजना गरेको वार्षिक सिनेमा दिवसमा चलचित्र थिएटरहरूले ८३ प्रतिशत अकुपेन्सी दर हासिल गरेका थिए। तर, यसले पनि सिनेमा घर बन्दको लहरलाई रोक्न सकेन।

गएको वर्ष पनि दुई हिट फिल्म ‘द लास्ट डान्स’ र ‘ट्वाइलाइट अफ द वारियर्स : वाल्ड इन’ले भीडलाई सिनेमाघरहरूमा फिर्ता ल्याएका थिए। तर, यो दिगो रूपमा टिक्न सकेन।

पछिल्लो समय सहरका सिनेमा घरहरू एकपछि अर्को बन्द भइरहेका छन्। कोभिड १९ महामारीपछि हङकङका सिनेमा घरको अवस्था राम्रो छैन। हङकङ थिएटर एसोसिएसनको तथ्यांकअनुसार सन् १९९४ मा ११२ सिनेमा घर रहेको हङकङमा यसको ३१ वर्षपछि आधामा सीमित हुन पुगेको छ। जसमा ६ वटा त त अघिल्लो साल मात्रै बन्द भए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .