हङकङ भन्सारले बिहीबार विमानस्थलबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गाँजासँगै १८ वर्षीया युवती पनि पक्राउ परेकी छन्।
बैंककबाट आएकी युवतीलाई २६ लाख हङकङ डलर मूल्य बराबरको झन्डै १२ किलोग्राम गाँजासहित पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
नियमित निरीक्षणका क्रममा यात्रुको सामान जाँच गर्दा २५ वटा प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवैध पदार्थ जफत गरिएको हो। जफत सामानसँगै पक्राउ परेकी युवतीलाई हिरासतमा लिइएको छ।
138
Shares

प्रतिक्रिया