चिनियाँ धनाढ्यद्वारा हङकङमा साढे ४६ करोड डलरको विलासी घर खरिद

चिनियाँ धनाढ्यद्वारा हङकङमा साढे ४६ करोड डलरको विलासी घर खरिद

जार्डिन्स लुकआउटबाट हङकङको दृश्य (सटरस्टक)


नेपालखबर
जेठ १, २०८२ बिहिबार १७:२७, काठमाडौँ

चिनियाँ सेल्फी एप मेइटुका सह-संस्थापककी श्रीमतीले उच्च मूल्य पर्ने हङकङको एक विलासी घर खरिद गरेकी छन्।

यो सँगै उनी आकर्षक मूल्यमा हङकङमा घरजग्गा खरिद गर्ने धनी मुख्यभूमि लगानीकर्ताको समूहमा सामेल भएकी छन्।

भूमि रजिस्ट्रीका अनुसार वाङ बाओशानले ८ पर्किन्स रोडमा रहेको ५ हजार ४६६ वर्गफिटको घरजग्गा कारोबार मंगलबार टुङ्ग्याएकी हुन्। उनले सहरको उच्चस्तरीय आवासीय क्षेत्र जार्डिन्स लुकआउटमा ४६ करोड ५८ लाख हङकङ डलरमा उक्त घर खरिद गरेकी हुन्।

मेइटुको वार्षिक प्रतिवेदनअनुसार बाओशान कम्पनीका सह-संस्थापक माइक काइ वेनसेङकी श्रीमती हुन्।

फोर्ब्सले मेइटुका कार्यकारीको हाल कुल सम्पत्ति करिब १ अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ।

हङकङमा विलासी घरहरूको खरिदबिक्री कारोबार गर्ने एक एजेन्टका अनुसार बाओशानले खरिद गरेको उक्त सम्पत्तिको खरिद मूल्य ६० करोड हङकङ डलर राखिएको थियो। तर, उनले उक्त मूल्यभन्दा २२ प्रतिशत कममा खरिद गर्न सफल भएकी छन्।

‘मुख्यभूमिबाट आउने धेरै खरिदकर्ता जार्डिन्स लुकआउटमा छुट्टै घर मन पराउँछन्,’ ती एजेन्ट भन्छन्, ‘मूल्य आकर्षक थियो र धेरै वर्षदेखि बिक्रीका लागि राखिएको थियो। अहिले २२ प्रतिशत छुटसहित कारोबार भएको छ।’

जार्डिन्स लुकआउट हङकङ टापुको वानचाई जिल्लामा अवस्थित कम घनत्व भएको उच्चस्तरीय आवासीय क्षेत्र हो।

हङकङमा आधारित बेलायती समूह जार्डिन म्याथेसनका संस्थापक विलियम जार्डिनको नामबाट नामकरण गरिएको यो क्षेत्रमा पप आइकन ज्याकी चेङ र उनकी पत्नी मे लोको पनि सम्पत्ति छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .