हङकङको रेस्टुरेन्ट व्यवसायमा संकट आएको हो?

हङकङको रेस्टुरेन्ट व्यवसायमा संकट आएको हो?

८ मेदेखि बन्द भएको वानचाइस्थित जोनस्टन रोडमा रहेको ओसन एम्पायर कन्जी पसल (एससीएमपी)


एलिस वु
बैशाख ३१, २०८२ बुधबार ११:५९, हङकङ

गएको बिहीबार हङकङको ३३ वर्ष पुरानो कन्जी रेस्टुरेन्ट चेन ओसन एम्पायर अचानक बन्द भएको खबर आयो। तैपनि यसले मानिसहरूलाई अनौठो चाहिँ बनाएन। किनकि, पछिल्लो समय सहरका धेरै स्थानीय रेस्टुरेन्ट बन्द भइसकेका छन्।

कोभिड-१९ महामारीको खराब अवस्थापछि नै हङकङले खानपान उद्योगले ठूलो सङ्घर्ष गरिरहेको छ। कन्जी चेनको अचानक बन्द घोषणालाई पनि मानिसहरूले यही अर्थमा लिए। १९९२ देखि सञ्चालनमा रहेको रेस्टुरेन्ट चेनले ७ मे साँझ अचानक हङकङका सबै आउटलेट बन्द गर्ने घोषणा गरेको थियो।

यस शताब्दीकै सबैभन्दा ठूलो अवरोधक, कोभिड महामारीले हाम्रो जीवनमा धेरै कुरा स्थायी रूपमा परिवर्तन गरेको छ– र, यो केवल मानिसहरू बिरामी भएर मात्र होइन। हामीले बन्द भएका प्रत्येक पसल र सङ्घर्ष गरिरहेको व्यवसायमा कोभिड-१९ को प्रभाव देख्न सक्छौँ। महामारीसँग लड्न चालिएका कदमहरूको प्रभाव लामो समयसम्मको अलगाव र विद्यार्थीहरूमा सीमित सामाजिकीकरणको रूपमा पनि देख्न सकिन्छ।

महामारीका उपायहरूले हाम्रो व्यवहारमा यति धेरै परिवर्तन गरेको छ कि हङकङका मानिसहरूले अब बाहिर खाना खान कम गरेका छन्। व्यवसायीहरूले उपभोक्तालाई गर्ने नयाँ प्रस्ताव र विकल्पहरूले पनि मानिसलाई उत्साहजनक रूपमा रेस्टुरेन्ट फर्काउन सकेको छैन। त्यसैले धेरै स्थानीय रेस्टुरेन्ट बन्द भएको खबर चिन्ताजनक भए पनि अब अचम्म लाग्दो भने छैन।

के यो प्रवृत्ति उल्टाउन पर्याप्त प्रयास गरिएको छ त? सरकारले ‘नाइट भाइब्स हङकङ’ जस्ता केही महँगा अभियान पनि चलाएको छ। एक समय रात्रि जीवनका लागि निकै परिचित सहरलाई पुनर्जीवित गर्ने प्रयासमा सरकारको यो कदम थियो।

तर, महामारीले हाम्रो रात्रि जीवनलाई ठप्प पार्‍यो र तीन वर्षसम्मको घर बसाइले खुलापनपछि पनि हामीलाई घरमै बस्न अभ्यस्त बनायो। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .