हङकङ : यी पर्यटक किन सुते रेस्टुरेन्टको टेबलमा?

हङकङ : यी पर्यटक किन सुते रेस्टुरेन्टको टेबलमा?

३ मे २०२५ मा अपलोड गरिएको तस्बिर (रचेली९१२/थ्रेड्स)


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:४०, हङकङ

हङकङले श्रम दिवस (१ मे)देखि गोल्डेन विक बिदा मनाइरहेको छ। यस क्रममा उक्त दिनबाट हालसम्म लगभग ११ लाख आगन्तुक सहर भित्रिएको सरकारी तथ्यांक छ। जसमा गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशत वृद्धि भएको भनिएको छ।

यो तथ्यांक मंगलबार आयोजिन पत्रकार सम्मेलनमा हङकङका प्रमुख कार्यकारी जोन लीले सार्वजनिक गरेका हुन्।

लीले बिहीबारदेखि मंगलबारसम्मको आगमनमा सबैभन्दा ठूलो संख्या शुक्रबार रहेको र यस दिन २ लाख ६७ हजार मुख्यभूमि चिनियाँ पर्यटक सहर भित्रिएको आँकडा प्रस्तुत गरेका थिए।

यसै सन्दर्भमा, एक तस्बिर यतिखेर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच भाइरल बनेको छ। जुन सप्ताहन्तमा थ्रेड्स प्रयोगकर्ताले म्याकडोनाल्ड रेस्टुरेन्टमा सुतिरहेका मानिस भनेर पोस्ट गरेका हुन्।

टेबलमा टाउको अड्याएर सुतिरहेका उनीहरूको छेउमा सुटकेस पनि छ। मङककमा रहेको फास्टफुड फ्रान्चाइजको २४ घण्टे आउटलेटमा रात बिताउने उनीहरू मुख्यभूमि चिनियाँ पर्यटक रहेको भनिएको छ।

मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी लीसँग पत्रकारले मुख्यभूमि कम बजेटका पर्यटकबारे जिज्ञासा समेत राखेका थिए। उक्त जिज्ञासाको जवाफमा लीले हङकङ पर्यटकलाई स्वागत गर्ने सहर हुनुपर्ने र पर्यटकमा सबै प्रकारका समावेश हुन सक्ने बताएका छन्।

‘त्यहाँ उच्चस्तरीय यात्री हुनेछन् वा गैरउच्चस्तरीय यात्री पनि हुनेछन्,’ लीको जवाफ छ, ‘हामीले समग्र रूपमा पर्यटनलाई हेर्नुपर्छ ताकि प्रत्येक पर्यटकले हङकङमा आफ्नो अनुभव बटुल्न पाओस्, रमाइलो गर्न पाओस् र स्वागतयोग्य वातावरण पाउन सकोस्।’

गोल्डेन विक बिदामा आगन्तुक बढेका मात्र होइनन्, हङकङका बासिन्दा पनि बाहिरिएका छन्। अध्यागमन विभागद्वारा प्रकाशित तथ्यांकअनुसार पाँच दिनको यो अवधिमा १६ लाख हङकङवासी बाहिरिएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .