टंक राना हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकारमा मनोनीत

टंक राना हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकारमा मनोनीत

नेपालखबर
चैत ५, २०८१ मंगलबार १८:१३, हङकङ

टंक राना हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकारमा मनोनीत भएका छन्।

रानालाई सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै हङकङको सुरक्षा सचिवालय तथा गृह एवं युवा मामिला विभागले उक्त पदमा नियुक्त गरेको हो।

दुई दिनअघि याउचि मङ जिल्लामा आयोजित एक कार्यक्रममा रानालाई जिल्लाका प्रमुख युकिन केङ एडवर्डले नियुक्ति पत्र प्रदान गरेका थिए।

मन्डारिन भाषाको पनि राम्रो ज्ञान भएका रानालाई समुदायमा घटेका घटनामा समन्वयकारी भूमिका खेलेको जस्ता परोपकारी कार्यको मूल्यांकन गर्दै मनोनीत गरिएको हो।

'जस्तै, केही वर्षअघि ज‍ोर्डनमा ठूलो आगलागी भएको थियो। जहाँ हामीजस्ता चिनियाँ भाषाको ज्ञान भएकाहरूले समन्वयकारी भूमिका निर्वाह गरेका थियौँ,' रानाले नेपालखबरसँग भने,' यी र यस्तै योगदानका कारण उहाँहरूले मनोनीत गर्नुभएको हुन सक्छ।'

झन्डै तीन दशकदेखि हङकङमा बसोबास गर्दै आएका राना हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष हुन्।

राना गतहप्ता याउमा तेई काइफोङ संघको सदस्यमा पनि मनोनीत भएका थिए।

७५औँ वार्षिकोत्सव अवसरमा संस्थाले सञ्चालक समितिको सम्मानित सदस्यमा मनोनीत गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .