प्रहरीले बुधबार दिउँसो १२:१५ बजे ताई पोमा दुर्घटनाको खबर प्राप्त गरेको बताएको छ
हङकङमा यात्रु बोकेको बस बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। उत्तरपूर्वी हङकङको राजमार्गमा बस डिभाइडरमा ठोकिँदा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो सवा १२ बजे ताइपोमा दुर्घटनाको भएको हो। घाइतेमध्ये ढाडमा चोट लागेका चालकलाई एलिस हो मिउलिङ नेदरसोल अस्पताल लगिएको भने अन्य ११ जनालाई नेदरसोल अस्पताल र उत्तरी जिल्ला अस्पताल लगिएको छ।
दुर्घटनाग्रस्त बस काउलुन मोटर बस (केएमबी)द्वारा सञ्चालित हो। केएमबीले क्वङफुक फुक जाने चिप्लो बाटोमा बस दुर्घटना भएको बताएको छ।
साथै, घाइतेहरूलाई सान्त्वना दिन कर्मचारी पठाइएको र घटनाको अनुसन्धान गर्न सहयोग गर्ने केएमबीले बताएको छ।
बस डिभाइडरमा ठोकिएपछि टोलो राजमार्ग र ताइपो रोड जोड्ने एक मात्र लेन केही समय बन्द हुन पुगेको थियो।
Shares

प्रतिक्रिया