नेपाल फाइनान्स हङकङले बाँड्यो ६ प्रतिशत लाभांश

नेपाल फाइनान्स हङकङले बाँड्यो ६ प्रतिशत लाभांश

बज्रकुमार थुलुङ राई
चैत १८, २०८१ सोमबार १५:२७, हङकङ

नेपाल फाइनान्स लिमिटेड हङकङले जोर्डनस्थित फोर स्टार नाथन होटलको सभाकक्षमा १२औँ वार्षिकोत्सव मनाएको छ।

कार्यक्रम फाइनान्सका कार्यकारी निर्देशक धिराजकुमार साम्पाङ राईको अध्यक्षता र नेपाल चेम्बर अफ कमर्सका आईपीपी लवकुमार गुरुङको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।

कार्यक्रममा याउचि मङ जिल्ला परिषद्‌ सदस्य अरुणा गुरुङ, गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल र नेपाली महासङ्घ हङकङकी अध्यक्ष रीता गुरुङको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी, फिने हङकङका अध्यक्ष तथा युवा व्यवसायी इन्दर पुन, किरात राई एसोसिएसनका प्रतिनिधि हरिचन्द्र राई, पब्लिक इन्भेस्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक लुपिन्द्र थापा, सगरमाथा फाइनान्स कम्पनीका निर्देशक ईश्वर दुलाल, नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार धर्म गुरुङ र लगानीकर्ताको तर्फबाट खोटाङ समाज हङकङका सल्लाहकार अधिराज राई अतिथिगणमा आमन्त्रित थिए।

आयोजक फाइनान्सका सचिव जितकर्ण राईको सञ्चालन र निर्देशक दिलकुमारी लिम्बूको स्वागत मन्तव्यसँगै सुरु गरिएको कार्यक्रममा सयौँ लगानीकर्ताको उपस्थिति थियो।

सो फाइनान्सका प्रबन्धक शशीमदन राईले कम्पनीको आर्थिक गतिविधि प्रस्तुत गरेका थिए। प्रबन्धक राईले लगानीकर्तालाई ६ प्रतिशत लाभांश बाँडिएको बताए।

यस सन्दर्भमा बोल्दै प्रमुख अतिथि लवकुमार गुरुङ, विशेष अतिथि अरुणा गुरुङ, गोकर्ण ढकाल र रिता गुरुङले ‘हङकङको खस्कँदो आर्थिक अवस्था र सरकारको कतिपय जटिल आर्थिक नीतिका कारण कतिपय वित्तीय संस्थाहरू बन्द  हुँदै जाने देखिएको वर्तमान परिस्थितिका बाबजुद पनि नेपाल फाइनान्सले यति लाभांश बाँड्नु ठूलो कुरा’ रहेको बताएका थिए।

त्यस्तै, लगानीकर्ताको तर्फबाट बोल्दै अतिथि अधिराज राईले ‘लामो समयदेखि नेपाली समाजले पनि नेपाल फाइनान्समा आर्थिक लगानी गरेको र त्यसको प्रतिफलबाट सन्तुष्ट रहेको बताउँदै  हङकङवासी नेपालीको एक मात्र पारदर्शी र विश्वासनीय फाइनान्स नेपाल फाइनान्स लागेको’ कुरा बताए।

फाइनान्सका कार्यकारी निर्देशक धीराजकुमार साम्पाङ राईले ‘हङकङको आर्थिक क्षेत्रमा केही नीतिहरू परिवर्तन भए पनि आत्तिनु नपर्ने र आफ्नो फाइनान्सका लगानीकर्ताहरू ढुक्क हुन’ आग्रह गरे।

डिनर र कक्टेल पार्टीसहितको समारोहमा उपस्थित लगानीकर्तालाई १५ वटा आकर्षक पुरस्कार लकी ड्रमार्फत वितरण गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .